कालिकोट प्रहरीले मनायो ६९औँ प्रहरी दिवस

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विभिन्न कार्यक्रम गरि ६९औँ प्रहरी दिवस मनाएको छ । देशभर जस्तै कालिकोट जिल्लामा पनि प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुदका कार्यक्रम सहित उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार सहित सम्मान कार्यक्रम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर केसीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई प्रहरी दिवसको अवसरमा स्वागत मन्तव्य दिंदै प्रहरी नागरिकहरुको सेवामा सदैव लागेको कुरा अवगत गराउदै नागरिकहरुले पनि प्रहरीलाई साथ दिनुपर्नेमा जोड दिए ।

६९औँ प्रहरी दिवसको अवसरमा शोक सलामी अर्पण, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पणलगाएत प्रहरी संगठन भित्र विभिन्न खेलकुदका कार्यक्रम गरि मनाइएको हो । कार्यक्रममा शम्सेर गुल्म कालिकोटका सेनानी रन्जित कार्की, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक टेक बहादु रावत,शसत्र प्रहरी बलका प्रमुख लगाएत जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सकारी संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।

६९औँ प्रहरी दिवसका अवसरमा बुधबार उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान सहित प्रशंसा पत्र एवम् पुरस्कार प्रदान प्रहरी नायव उपरिक्षक टेकबहादुर रावतले जानकारी दिए ।

संगठनप्रति आम नागरिकको विश्वास ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गदै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी जवाफदेही र व्यावसायिक हुनुपर्ने अथितिहरुको भनाई थियाे ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया