काठमाडाैँ । उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोल्दा उडान प्रभावित भएको छ । जहाजको इमरजेन्सी ढोकाको छेवैको सिटमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका हुन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।
जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा यात्रु शाहले इमर्जेन्सी ढोका खोलेका थिए । उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए ।
आपतकालीन अवस्थाबाहेक यसरी इमर्जेन्सी ढोका खोल्न मिल्दैन । इमर्जेन्सी ढोका खोलेर उडान सुरक्षामा खलल पुर्याएको भन्दै यात्रु शाहलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको कर्णले बताए ।
प्रतिक्रिया