नयाँ दिल्ली । जम्मु–कस्मिरमा भएको विधानसभा चुनावको नतिजा आएको छ । जम्मु–कस्मिर नेसनल कन्फ्रेन्स र कंग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको छ । नेसनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कंग्रेस ६ सिटमा विजयी भएको छ । यस्तै भाजपाले २९ सिट पाएको छ भने पिडिपी ३ सिटमा सीमित भएको छ ।
यसबाहेक माक्र्सवादी कम्युनिस्ट पार्टी (सिपिएम), जम्मु तथा कस्मिर पिपुल्स कन्फरेन्स (जेपिसी) र आम आदमी पार्टीले १–१ सिट जितेका छन् भने ७ सिटमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । जम्मु–कस्मिरमा कुल ९० सिट छन् र बहुमतका लागि ४६ सिट आवश्यक हुन्छ । नेसनल कन्फ्रेन्स–कंग्रेस गठबन्धनले ४८ सिट जितेको छ । जम्मु–कस्मिरमा १० वर्षपछि विधानसभाको चुनाव भएको हो । पछिल्लोपटक भाजपा र पिडिपीले मिलेर सरकार बनाएका थिए । जुन सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् । भाजपा–पिडिपी गठबन्धन सरकारले ५ वर्ष पूरा गर्न सकेन ।
यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मु–कस्मिरको विशेष दर्जा हटाएर २ केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरियो ।
जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका कारण फाइनल खेल अगाडि नै खेल त्याग्न बाध्य भएकी तथा पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले पनि विधानसभा निर्वाचनमा सफलता पाएकी छिन् । उनले जम्मु काश्मिरको जुलाना राज्यबाट जित हात पारेकी हुन् ।
कांग्रे्रेसकी उम्मेद्वार उनले भारतीय जनता पार्टीका उम्मेद्वार योगेश कुमारलाई ६ हजार १५ मतान्तरले हराएकी हुन ्। सन् २००५ देखि कँग्रेसले सफलता नपाएको सो राज्यमा चुनाव जित्ने उनी पहिलो महिला कुश्तिवाज हुन् ।
हरियाणामा सम्पन्न विधानसभा निर्वाचनमा भने भाजपाले पहिलो स्थान पाएको छ । भाजपाले ४८ सिटमा जित हात पार्दै एकल सरकार बनाउने भएको दोस्रो स्थानमा रहेको कांग्रेसले ३७ स्थानमा सफलता पाएको हो । हरियाणामा धेरै सर्वेक्षणले कांग्रेसले सफलता पाउने जनाएका थिए । यो सर्वेक्षणका बाबजुद भाजपाले सफलता पाउँदै सरकार बनाउने पक्का भएको हो ।
प्रतिक्रिया