सुडी समाज धनुषाको अध्यक्षमा महतो

धनुषा । सुडी समाज महासंघको आयोजनामा धनुषा जिल्ला कार्यसमिति गठन गरिएको छ । समाजको आयोजनामा शनिबार जनकपुरधाममा सम्पन्न प्रथम भेलाबाट तुलसियाही सुडी समाजका अध्यक्ष मनोज कुमार महतोको अध्यक्षतामा २५ सदस्यीय धनुषा जिल्ला कार्य समिति गठन गरिएको महासंघका महासचिब रामउदार महासेठले जानकारी दिए ।

उक्त कार्यक्रम सुडी समाज महासंघको राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठको अध्यक्षता, जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न जातीय संस्थाका धनुषा जिल्ला अध्यक्षहरूका साथै धनुषा जिल्लाका सुडी समाज महासंघ नेपालमा आबद्ध २५ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया