‘स्थानीय तहमा शैक्षिक गुठी लागू गर्न सकिने’

जलेश्वर । जलेश्वर नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत तथा पूर्व शिक्षा शाखा प्रमुख जयकुमार साहले ७५३ वटै पालिकाहरूमा शैक्षिक गुठी लागू गर्न सकिने व्यवस्था नेपालको शिक्षा ऐनमै व्यवस्था रहेको बताएका छन् ।

साहले जलेश्वर नगरपालिका शिक्षा ऐन २०७५ अन्तर्गत अहिलेसम्म जलेश्वर नगरपालिकाभित्र निजी शैक्षिक गुठीअन्तर्गत ५ वटा विद्यालयहरू सञ्चालनमा रहेको बताए । साथै साहले अहिलेसम्म सो विद्यालय कक्षा ६ सम्म सञ्चालनमा रहेको बताए । साहले ती विद्यालयहरू समयमै दर्ता, इजाजत प्रमाणपत्र, प्यान पाई समयमै लेखापरीक्षण, व्यापार कर लगायतका शुल्क बुझाई सञ्चालनमा रहेको समेत जानकारी गराए ।

कानुन भनेको महोत्तरी जिल्लाको लागि मात्र नभई समग्र नेपालको लागि रहेकोले नयाँ विद्यालय सञ्चालन गर्न शैक्षिक गुठी ऐनअन्तर्गत इजाजत पाउनुपर्दछ । साहको अनुसार महोत्तरीको बलवा, लोहारपट्टी, एकडारा लगायतका पालिकाहरूमा नीजि शैक्षिक गुठीअन्तर्गत विद्यालयहरू सञ्चालनमा छन् ।

त्यसैगरी यसै सम्बन्धमा एकडारा गाउँपालिकाको शिक्षा शाखा प्रमुख शिव शरण दासले ७ वटा विद्यालयहरू निजी शैक्षिक गुठीअन्तर्गत यस पालिकामा सञ्चालनमा रहेको बताए । सञ्चालित विद्यालयहरू कक्षा ६ सम्म सञ्चालनमा रहेको समेत जानकारी प्रमुख दासले गराए ।

साथै शैक्षिक गुठीअन्तर्गत बाल शिक्षा दर्ता निःशुल्क रहेको र आधारभूत विद्यालय दर्ताको लागि ५० हजार विद्यालयको नाममा जम्मा गर्नुपर्ने तथा कक्षा १ बाट अर्काे कक्षामा कक्षा वृद्धिको लागि २०० देखि ३०० रुपैयाँ राजस्व शुल्क लिने प्रावधान रहेको प्रमुख दासले जानकारी गराए ।

त्यसैगरी महोत्तरीको मनरासिस्वा नगरपालिकाको शिक्षा संयोजक श्याम नन्दन सिंहले यस पालिकामा अहिलेसम्म शैक्षिक गुठीअन्तर्गत विद्यालयहरू सञ्चालनमा नरहेको तर हामी शैक्षिक गुठीअन्तर्गत दर्ता तथा इजाजत दिनका लागि ढोका खोलेर राखेको बताए । केही विद्यालयहरू इजाजत नलिई सञ्चालनमा रहेकाले ती विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत दर्ता दिन हामी तयार रहेकोसमेत जानकारी संयोजक सिंहले गराए ।

नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधामले विगत ६ र ७ वर्षदेखि जनकपुरधामका निजी विद्यालयहरूलाई शैक्षिक गुठी्अन्तर्गत इजाजत नदिएको विरुद्धमा २०८१ भदौ २६ गते नगरप्रमुख मनोजकुमार साहलाई इजाजत दिन ७ दिने अल्टिमेटम दिए पनि अहिलेसम्म जनकपुरधाम उपमहानगरको नगरप्रमुख र शिक्षा तथा खेलकुद महाशाखाले कुनै पनि प्रतिक्रिया नदिएको जानकारी नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालयले जानकारी गराएको छ ।

जबकी शिक्षा ऐन २०२८ को दफा ३, जनकपुरधाम उपमहानगरपालिका शिक्षा ऐन २०७७, दोस्रो संशोधन मिति २०७९÷०३÷१० को बँुदा नं. ५ को उपबँुदा १, २ र ३ को बमोजिम, शिक्षा नियमावली २०५९ को नियम ११ को व्यवस्था बमोजिम सार्वजनिक वा निजी शैक्षिक गुठीको विधान बमोजिम र नयाँ विद्यालय सञ्चालन गर्ने तथा अनुमति दिने नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी हकको (५) मा उल्लेख छ । यस सम्बन्धमा छिट्टै निर्णय लिनेसमेत नेसपाको कार्यालय स्रोत व्यक्तिले जानकारी गराए ।

प्रतिक्रिया