पाँचथर । फिदिम नगरपालिका– २ ओदिनस्थित रहेको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई नेपाल निजामती कर्मचारी युनियन पाँचथरले न्यानो कपडा वितरण गरेको छ । आफ्नो २४औँ स्थापना दिवसको अवसरमा युनियनले बुधबार २० हजार मुल्य बराबरको १४ सेट न्यायो कपडा (ट्याक सुट) वितरण गरेको हो ।
सरकारी सेवा प्रवाहसँगै समाज सेवा पनि आफुहरुको कर्तव्य सम्झेर कपडा वितरण गरिएको युनियन पाँचथर अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताए । नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगुको प्रमुख आतिथ्य रहेको एक कार्यक्रमबाट कपडा वितरण गरिएको हो ।
सभापति जवेगुले नमुना शिक्षा प्रदान गरेर उत्कृष्ठ विद्यार्थी उत्पादन गर्नमा विद्यालयलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । कपडा वितरण कार्यक्रममा युनियनका सचिव सुजन बाँस्कोटा, वडा नम्बर २ का वडा सचिव विनय रम्तेललगायत अभिभावक रामचन्द्र नेपाल, विरबहादुर लिम्बु, जयप्रसाद तुम्बापोलगायतको सहभागीतारहेको थियो ।
कपडा प्रदान गरेर सहयोग पुर्याउने युनियनप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी तुम्बापोले धन्यवाद व्यक्त गरे । यहाँको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया