अनेमसंघ पाँचथरद्वारा जेष्ठ नागरिकलाई सम्मान

पाँचथर । जिल्लाको फिदिम नगरपालिकाका जेष्ठ नागरिकलाई अखिल नेपाल महिला संघ पाँचथरले सम्मान गरेको छ । तीज विशेष कार्यक्रम आयोजना गरेर संघले शनिबार जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा फिदिम नगरपालिका १ साब्राङकी ९७ वर्षिया मधु माया ओझा र फिदिम बजारकी ९२ वर्षिया सुकमाया मगर लाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको एमाले नेतृ केन्द्रीय सदस्य तथा कोशी प्रदेश पूर्व सांसद आशा रत्न जबेगूले जनाइन ।

त्यस्तै सिद्ध पोखरी सेवा सदनमा रहेका वृद्ध आश्रमका १० जनालाई माला, फलफूल र नगदसहितसम्मान गरिएको छ ।

उक्त सम्मान तथा सहयोग केन्द्रीय सदस्य जबेगूले प्रदान गरेकी हुन् । सम्मान कार्यक्रममा एमाले जिल्ला सचिव पृथ्वी लावती, प्रदेश सदस्य फिदिम नगरपालिका इञ्चार्ज श्याम तुम्रोक, अनेमसंघ जिल्ला उपाध्यक्ष दुर्गा ओझा, वडाध्यक्ष गजाधर भट्टराई, अन्य सदस्य लगायतको सहभागिता रहेको जनाएको छ।

त्यस्तै निजामति कर्मचारी संगठन र राष्ट्रिय सेवक बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा नारीहरुको हरितालिका तीज मनाएको छ । कार्यक्रम संगठनका अध्यक्ष तीर्थ मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघकाको हलमा भएको उक्त तीज विशेष कार्यक्रमको एमाले केन्द्रीय सदस्य आशा रत्न जबेगूको प्रमुख आतिथि रहेका थिए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला , कर्मचारी युनियनका सचिव सुजन बास्कोटा, संगठनका केन्द्रीय सदस्य प्रकास अधिकारी , जिल्ला उपाध्यक्ष मिलन राई , नेपाल बैंककी प्रबन्धक कमला चापागाईं लगायतले शुभकामना व्यक्त गरेका थिए । संगठनकी उपाध्यक्ष सरस्वती सिवाकोटी ओझाले पनि आफ्नो धारणा राखेकी थिइन् । तीज कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरु सहभागी भइ दरसमेत भोजन गरेको बताइएको छ ।

प्रतिक्रिया