लन्डन । इंग्ल्यान्डका विंगर रहिम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले लोनमा भित्र्याएको छ । खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट लोनमा भित्र्याएको हो । मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमति पछि भित्र्याएको हो ।
चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रति साता रहेको थियो । अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ । लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् । इङल्यान्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् । उनी २०२२ देखि इङल्यान्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।
यो सिजनमा स्टिर्लीङको स्थानान्तरण सबैभन्दा चासोको विषय हो । चेल्सीमा स्थानकै लागि अप्ठेरो भइरहेको अवस्थामा भएको उनको यो स्थानन्तरण पनि अब उनले नियमित रुपमा आक्रमणको मौका पाउने सम्भावना प्रबल बनेको छ । विगतमा चेल्सीमा खुम्चिएका उनी म्यानचेस्तटर सिटीको प्रश्तावलाई अस्विकार गर्दै सो क्लबमा जानु नै गल्ती भएको ठहर भएको थियो ।
घरेलु फुटबलमा पनि छाएका परेको उनी अन्तराष्ट्रिय फुटबलमा समेत कम अवसर पाउदै आएका छन् । सन् २०२२ को विश्वकप फुटबलको क्वार्टरफाइनलमा उनी अन्तिम पटक इङ्ग्ल्यान्डका लागि खेलेका थिए । सो क्वार्टरफाइनलमा फ्रान्ससँग उनको टोली पराजित भएको थियो ।
यस पटक म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मनले पनि उनमा चासो दिएका थिए । चेल्सीका खराब दिन विताएका उनले ८१ खेलमा १९ गोल गरेका थिए । पछिल्लो ४३ खेलमा उनले १० गोल गरेका थिए । क्लबले यस वर्ष खराब सिजनको समेत सामना गरेको थियो ।
इङ्ग्ल्यान्डका कामचलाउ मेनेजर लि कार्सलीले गणतन्त्र आयरल्यान्ड र फिनल्यान्ड युएइएफएको नेसन लिग खेलमा स्टलिर्ङको नाम चर्चामा समेत आएको थियो ।
इङ्ग्ल्यान्डका लागि ८२ अन्तराष्ट्रिय खेलमा २० गोल गरेका उनी युरो २०२४ को लागि माल्टासँग भएको छनोट खेलमा टोलीबाट बाहिर राखिएका थिए । उनी मेसोडोनियासँगको खेलमा पनि टोलीमा थिएनन् ।
म्यानचेस्टर सिटीमा लागि ५ प्रिमियर लिग उपाधि, एफ ए कप र ५ लिग कप जिते पछि चेल्सी पुगेका उनको जीवन अझ उचाइमा पुग्ने अपेक्षा गरिएको थियो । परन्तु परिणाम त्यसको उल्टो भएको थियो । स्ट्यामफोर्ड ब्रजिमा लिसेस्टर सिटीसँगको खेलमा पेनाल्टी खेर फाल्नुका साथै फ्रिकिक पनि बार भन्दा धेरै माथि हाने पछि समर्थकबाट उनी आलोचनाको शिकार भएका थिए । तथापि सो खेलमा उनको टोली ४–२ ले विजयी भएको थियो ।
उनले यस सिजनमा इन्जो मारेस्काबाट राम्रो मौका पाउने अपेक्षा गरिएको थियो । अमेरिकामा भएको ५ प्रि सिजन खेलमा भने उनले मौका पाएका थिए ।
प्रतिक्रिया