पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा भेटिएको विस्फोटक पदार्थ ‘ ग्रिनेट’ रणशेर गणका नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । उक्त बम शुक्रबार डिस्पोज गरेको हो ।
बिहीबार दिउँसो आइतबहादुर केरुङको घरमा ‘ग्रिनेट’ पड्किँदा ४ चार जना बालबालिका घाइते भएका थिए । घाइते भएकामध्ये दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विएण्डसी अस्पताल झापा रेफर गरिएको थियो । तर, प्रिन्साको बाटैमा र दिप्सनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा घाइते भएका ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सामान्य घाइते दिपेश राई गाँउमै छन् । बिहीबार नै केरुङको घर छेउमै अर्को शंकास्पद वस्तु भेटिएको थियो ।
त्यही शंकास्पद वस्तुलाई शुक्रबार बिहान सदरमुकाम फिदिमबाट गएको रणशेर गणको नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । बिहीबार दुई जना बालबालिकाको ज्यान जाने गरी गरी विस्फोट भएको ‘ग्रिनेट’ आज डिस्पोज गरिएको ‘ ग्रिनेट’ जस्तै रहेको अनुमान सुरक्षा अधिकारीहरुले गरेका छन् ।
प्रतिक्रिया