साफ च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

काठमाडौं । बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको‌ सेमिफाइनलमा बंगलादेशले साविक विजेता भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

सोमबार काठमाडौंमा भएको सेमिफाइनल खेलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै बंगलादेश उपाधि नजिक फाइनलमा पुगेको हो । अब बंगलादेशले फाइनलमा आयोजक नेपालको सामना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १–१ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराउँदै बंगलादेशले बाजी मारेको हो ।

बंगलादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए । अब फाइनल खेल आयोजक नेपाल र बंगलादेशबीच बुधबार हुनेछ । यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया