यू–२० साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । यू–२० पुरुष साफ च्याम्पियनसिपअन्तर्गत भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार सातदोबाटोइस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराएर फाइनलमा प्रवेश गरेको हो ।

नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले सुटआउट हानेर गोल गरेक थिए । जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो ।

दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए । निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो ।

प्रतिक्रिया