एभरेष्ट महिला भलिबल : ट्युनिसियाकी जेरामदिनी मधेश युनाइटेडबाट खेल्ने

काठमाडौं । ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) खेल्ने भएकी छन् । मधेशले शुक्रबार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा लिगका लागि ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीको नाम घोषणा गरेको हो ।

यो सँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । ट्युनिसियाकी योस्रालाई मधेश युनाइटेडमा अनुबन्ध गर्न पाउँदा खुशी खुशी लागेको मधेश युनाइटेडले जनाएको छ ।

योस्राको आगमनले मधेश युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने टिमको विश्वास छ । ‘पहिलो पटक आयोजना हुन लागेको महिला भलिलबको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ’, मधेश युनाइटेडले विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया