मल्टिपल पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याउने तयारी

ढुवानीमा प्रतिलिटर ३ रुपैयाँ बचत हुने

बारा । नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगंजमा भदौं अन्तिम सातादेखि मल्टीपल पाइपलाइनबाट पेट्रोल भित्र्याउने तयारी गरेको छ । हाल पेट्रोलियम भण्डारण ट्यांक निर्माण, अटोमेटिक रिफ्युलिङ मेसिन जडान लगायतका संरचना निर्माण भईसकेका छन । समग्रमा आयोजनाको ७५ प्रतिशत काम सकिसकेको नेपाल आयल निगम प्रदेशिक डिपो अमलेखगंजका प्रमुख विनितमणी उपाध्यायले जानकारी दिए ।

‘सिविल संरचनाका अधिकांस काम सक्की सकेका छन,’ उनले भने, ‘मेकानिकल र ईलेक्ट्रीकल संरचनाका काम पनि अन्तिम चरणमा छन ।’ भर्टिकल ट्यांक ठडीसकेको र कन्ट्रोल रुम संरचना निर्माणका अधिकांस काम सकीसकेको उनले जानकारी दिए ।

चाडै नै बाकी रहेको २५ प्रतिशत काम सकेर विधिवत रुपले पट्रोल भित्र्याउने काम सुरु हुने अपेक्षा राखिएको उनले बताए । भदौं महिनाको अन्तिम सातासम्म सबै काम सक्याउन द्रुत गतिमा प्रविधिकहरू खटीरहेको उनले जानकारी दिए ।
इन्डियन आयल कर्पोरेशन कम्पनीले आयोजनाको जिम्मा लिएको र त्यसले नै सबै संरचना निर्माणमा द्रुत गतिमा काम अघि बढाईरहेको उनले बताए । उनका अनुसार, डिपोमा हाल सम्म १ हजार ९ सय केएल पेट्रोल भण्डारण गर्ने क्षमता थियो । यो समरचना निर्माण भएसंगै १३ हजार केएल भण्डारण क्षमता बढेको छ । ४१÷४१ सय केएलको दुईवटा भर्टिकल ट्यांङ्क ईण्डियन आयल कर्पोरेशन कम्पनी र ५ हजार केएल भण्डारण क्षमता भएको एउटा भर्टिकल ट्याङ्क नेपाल आयल निगमको क्यापेसिटी ईन्भेष्टमेन्ट प्रोजेक्टबाट निर्माण गरिएको डिपो प्रमुख उपाध्यायले बताए ।

अहिले निर्माण भएको र पहिलादेखि निर्माण भएको भर्टिकल ट्याङ्कको भण्डारण क्षतमा जोडने हो भने अब कुल १५ हजार किलोलिटर पेट्रोल भण्डारण गर्न सकिने उनले बताए । ‘हाल सम्म सिंगल प्रोडक्ट पाइपलाईनबाट हामीले डिजल भित्र्याइरहेका छौं,’ उनले भने, ‘अब प्रयोग गरिने पाइपलाईनको नाम मल्टीप्रोडक्ट पाइपलाईन हुनेछ ।’ यसले एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टीतेल जस्ता पेट्रोलियम पदार्थ भित्र्याउने काम गर्छ ।

अब तीनै प्रकारका इन्धनको उपलब्धता अमलेखगंज डिपोमा हुने उनले बताए । देशभरीको ७० प्रतिशत पेट्रोलियम पदार्थको माग अब अमलेखगंज डिपोले धान्ने उनले जानकारी दिए । बरौनीदेखि काठमाडौंसम्म ढुवानी गर्दा एक लिटर पेट्रोलमा ६ रुपैयाँ ढुवानी खर्च हुदै आएको छ । अब यहाबाट पेट्रोल ढुवानी गरियो भने प्रतिलिटर ३ रुपैयाँ बचत हुन्छ । समग्रमा निगमको ढुवानी खर्च ५० प्रतिशत जोगिने उनले बताए ।

विगतमा ईन्धन ढुवानी गर्ने ट्याङ्करकै कारण जाम हुने समस्या बीरगंजमा थियो । त्यो पूर्ण रुपमा हटेर जाने छ । ईन्धन बोकेको ट्याङ्कर छुटाउने, जाम लगायतका झन्झटबाट अब पूर्ण रुपले मुक्ति मिल्ने उनको भनाई छ । बाटोबाटै इन्धन चोरी हुने, गुणस्तरमा ह्रास आउने जस्ता समस्या पनि अब हटेर जाने उनले बताए ।

प्रतिक्रिया