सीमामा रोकिए बंगलादेश छाड्न चाहनेहरू

ढाका । बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण छ । प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दू बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ ।

यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दू पश्चिम बंगालको जलपाइगुडीमा रहेको भारत–बंगलादेश सीमामा आइपुगेका छन् ।
उनीहरू सीमा पार गरेर भारत आउन चाहन्छन् । उनीहरूलाई बिएसएफले भारत पस्न नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिएसएफले उनीहरूलाई सतकुरा सीमामै रोकेको हो । यो घटना जलपाइगुडी जिल्लाको दक्षिण बेरुबारी पञ्चायतको हो ।

बुधबार दिउँसो एक हजारभन्दा बढी बंगलादेशी, जसमा अधिकांश हिन्दू थिए, भारतीय सीमामा घुसपैठ गर्ने प्रयास गरेका थिए । यसको सूचना पाएपछि बिएसएफले त्यहाँ पुगेर घुसपैठ रोकेको हो । सीमामा भेला भएका बंगलादेशीहरू भारत प्रवेश गर्न आतुर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसैबीच, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनीतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् । हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ । बंगलादेशको प्रतिष्ठित राजनीतिक परिवारका २ बहिनीका सहयोगीको संख्या दुई अंकमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गराएका थिए । अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने संकेत गर्दै जमानले अब बंगलादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र ३–४ दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताए ।

प्रतिक्रिया