‘ब्ल्याक प्यान्थर’की अभिनेत्रीको निधन

न्युयोर्क । चर्चित चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उनको परिवारले जानकारी दिएको हो । थुप्रै अवार्ड जितेकी चियुमे कैयौँ दक्षिण अफ्रिकी टेलिभिजन सोको हिस्सासमेत रहेकी थिइन् । यसमा रिदम सिटी, जोन फोर्टिन, गोमोरालगायत छन् ।


उनी शिक्षिकासमेत थिइन् । उनी टेलिभिजन अभिनेत्रीका रूपमा धेरै चर्चामा थिइन् । मंगलबार साँझ जोहानेसबर्गको अस्पतालमा उनको निधन भएको उनको परिवारद्वारा जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ ।

सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा उनी जावाभारीको भूमिकामा देखिएकी थिइन् । उनी वकान्डाको ट्राइबल काउन्सिलको सदस्य थिइन् । सन् २०२२ मा रिलिज भएको चलचित्रको दोस्रो संस्करणमा उनले फरेस्ट ह्वाइटटेकरको स्थानमा जुरीको भूमिकामा देखिएकी थिइन् । उनले बियोन्सेको ‘द लायन किंग’मा आधारित ‘डिस्नी’ चलचित्रमा पनि काम गरेकी थिइन् । उनका २ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया