आँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोग

तस्विर– सांसद सिंहको सचिवालय स्रोतबाट

हेटौँडा । निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गर्दै मकवानपुरका सांसद दीपकबहादुर सिंहले आफ्नो एक वर्षको तलब रकम हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति समेत रहेका मकवानपुर क्षेत्र नम्बर १ का सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा आफ्नो तर्फबाट समेत थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।

सिंहले निर्वाचनको प्रचारप्रसारका क्रममा आफूले चुनाव जिते सरकारको तर्फबाट पाउने तलबभत्ता नलिने बरु त्यसमा थप गरेर सहयोग गर्ने बताएका थिए । सिंहले उपलब्ध गराएको सहयोग लिँदै डा. रुइतले सो सहयोग रकम मकवानपुरको बसामाडीमा निर्माणाधीन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि प्रयोग हुने बताए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया