दोस्रो सातामा अमेरिकी आशा

पेरिसमा गृष्मकालीन ओलम्पिक पहिलो साताको अन्त्यमा पुगेको छ । पहिलो सातामा संसारको मुख्य शक्ति राष्ट्र अमेरिकाका लागि सही भएन । सुटिङ, साइक्लिङ र पौडीमा अमेरिकाको प्रदर्शन सोचभन्दा फरक रहेको थियो ।

केही अपेक्षा गरिएका स्टार असफल रहे । केही अपेक्षा नगरिएका खेलाडीले राम्रो प्रदर्शन गरे । परन्तु झिनो अन्तरले स्वर्ण पदकबाट चुके । केही खेलाडीले सुधार त गरे, तथापि उनका प्रतिद्वन्द्वीले अझ धेरै सुधार गरे । यसैको असर पेरिस ओलम्पिकमा अमेरिकाले धेरै स्पर्धामा रजत पदक जित्यो ।
पेरिस ओलम्पिकमा एथलेटिक्सको स्पर्धा सुरु भइसकेको छ । सो खेलमा भारतले २८ सदस्सीय एथलेटिक्स टोलीको चयन गरेको छ । सो टोलीको नेतृत्व ज्याभलिन थ्रोका स्टार निरज चोपराले गरेका छन् । विश्व विजेता तथा साविक ओलम्पिक च्याम्पियन चोपराको प्रदर्शन भारतका लागि मात्र होइन संसारका लागि चासोको विषय हुनसक्छ ।

ग्रेस नोटले २ महिनाअघि अनुमान सार्वजनिक गरेको थियो, ओलम्पिककै बारेमा । त्यस अनुसार यसपटक अमेरिका पदक तालिकामा फेरि पहिलो स्थानमा रहने निश्चित जनाइएको थियो । ग्रेस नोटको दाबीअनुसार चीन दोस्रो हुने थियो । यी २ देशका बीचमा केही मात्र फरक रहनेछ । ग्रेसनोटको दाबीअनुसार सबै सही हुने या नहुने अनिश्चित नै छ । यसका लागि अर्को साता कुर्नै पर्ने हुन्छ ।

लामो समय अमेरिकी प्रभाव रहेको पौडीमा यसपटक अमेरिकी प्रभाव खस्किएको छ । बबी फिन्के ८०० मिटरमा रजत पदकमा सीमित भए । पौडीको कुल स्वर्ण पदक संख्यामा अमेरिका र चीनका बीचमा विगतमा जस्तो भिन्नता नहुने सम्भावना प्रष्ट भइसकेको छ । व्यक्तिगत ३ रिलेको १ गरी कुल ४ स्वर्ण पदक मात्र अमेरिकाले जितेको छ । गत अमेरिकी छनोट पौडीमा १०० मिटर बटरफ्लाईमा ल्गेटचन वाल्सले रजत जित्दा ओलम्पिकमा टोरी हस्क जमिन् । उनले सो स्पर्धामा स्वर्ण पदक जितिन् । १०० मिटर फ्रिस्टाइलमा हस्कले रजत पदक जितिन् भने अन्तिम समयमा प्रतियोगितामा सहभागी निर्णय गरेकी स्विडेनकी साहरा जोस्टर्मले सो स्पर्धाको स्वर्ण जितिन् ।

१०० मिटर ब्याकस्ट्रोकमा विश्व कीर्तिमानधारी रेगन स्मिथ फेरि एकपटक अस्ट्रेलियाको केली म्याककोनसँग पराजित भइन् । जिम्न्यास्ट सिमोन वाइल्स फेरि लयमा फर्किएकी छिन् । चोटसँग संघर्ष गरिरहेकी टोकियो ओलम्पिककी अलराउन्ड स्वर्ण विजेता सुनी ली पनि टोलीमा फर्किएकी छन् । अलराउन्डमा बाइलसले स्वर्ण ताथ लीले कास्य पदक जिते । यसै गरी जेड क्यारी जोर्डन चिल्स, जेसिका र इभिटा ग्रिकेन्स टोलीमा छन् । पुरुषतर्फ अमेरिकाले राम्रो प्रदर्शनको अपेक्षा गरेको थियो । टिममा कास्कय पदक जिते पनि अलराउन्डमा अमेरिका कमजोर सावित भयो । विगतको भन्दा धेरै कुरामा परिवर्तन भएको अमेरिकी प्रशिक्षण शैलीको कारण पनि यसपटक धेरै राम्रो परिणामको अपेक्षा अमेरिकाको छ । विगतमा जस्तै जिम्न्यास्टिकमा जापान र चीनको प्रभाव कायम छ । फाट्टफुट्ट इजरायललगायत देशको असर पनि नभएको होइन ।

विगतमा कमजोर रहेको अमेरिकी पुरुष जिम्न्यास्टिकलाई उकास्ने काम यसपटक मिचिगनका फ्रेड रिचर्डले गर्ने अनुमान गरिएको थियो । परन्तु अलराउन्डमा उनी कमजोर देखिए । बाँकी स्पर्धाको उनको प्रदर्शन प्रतिक्षाको विषय छ । उनी गत विश्व च्याम्पियनसिपको अलराउन्डका कांस्य पदक विजेता हुन् । ओलम्पिकमा सो स्पर्धामा भने असफल रहे ।

कुस्तीतर्फ ९७ वर्षीय कायल स्नाइडर, ५७ किलोमा हेलने माउरोलिस तथा ७६ वर्षीय केनेडी ब्लेडलाई धेरैले हेरिरहेका छन् । त्यसो त अमेरिकी दाबीअनुसार सिंगो टोली उत्कृष्ट छ ।

सबैभन्दा धेरैपदक रहेको एथलेटिक्सको स्प्रिन्ट विधामा अमेरिका फेरि लयमा फर्किएको छ । ४०० मिटर हर्डल्समा सिड्नी म्याकगाउलिनले आफ्नो नाममा रहेको कीर्तिमान भंग गरेकी छन् । डच स्टार फेम्के बोलको चुनौती पार गर्ने सम्भावना देखाएकी छिन् ।

गेबी थोमस र साकारी रिचर्डसन सही लयमा फर्कनुले अमेरिकी एथलेटिक्स टोली आशावादी छ । भलै जम्प र थ्रोमा विगतमा रहेको प्रदर्शन यसपटक नहुने सम्भावना ओलम्पिक छनोटले देखाइसकेको छ । यसपटक नोह लायसले ३ स्वर्ण पदकको लक्ष्य राखेका छन् । सन् २००८ देखि सन् २०१६ को बीचमा युसेन बोल्टले राखेको प्रभावलाई पार गर्ने सवालमा लायस सक्षम देखिन्छन् ।

विगतमा ब्रिटनी गिभर्स अमेरिकी बास्केटबल टोलीकी आकर्षण थिइन् । यसपटक त्यो आकर्षणलाई पार गर्ने काम केल्सी प्लमले गर्ने छिन् । टिम गेमका अमेरिकी उपस्थिति र प्रभाव कस्तो रहने प्रतीक्षाको विषय बनेको छ । बास्केटबलका दुवै स्पर्धामा अमेरिका हाबी हुने कुरा नकार्न मिल्दैन ।
गत ओलम्पिकमा भलिबलको महिला स्पर्धामा स्वर्ण पदक जितेको अमेरिका अहिले कुन लयमा हुन्छ भन्ने अनिश्चित छ । थ्री वाइ थ्री बास्केटबलमा भने अमेरिका कमजोर सावित भइसकेको छ । यसपटक थपिएको ब्रेकिङमा पनि अमेरिकाले जित्ने अनुमान गरिएको छ । टोकियो ओलम्पिकबाट थपिएका स्पोर्ट्स क्लाइम्बिङ र स्केट बोर्डिङमा अमेरिकाले पदक जितेको थियो । यसपटक ३ वटै खेलमा स्वर्ण पदकको लक्ष्य अमेरिकाको छ । तथापि स्केट बोर्डिङमा असफल भएको छ ।

एउटा सर्वेक्षणले अमेरिकाले एथलेटिक्समा ८ स्वर्ण पदकको अनुमान गरेको छ । त्यस सर्वेक्षणअनुसार स्प्रिन्टमा २ हर्डल्समा २, रिलेमा ३ र थ्रोमा एक स्वर्ण पदको अनुमान गरिएको छ । तथापि यसपटक प्रिन्टमा अमेरिकी लय हेर्दा विगतको भन्दा पक्कै बलियो देखिएको छ ।

यसपटक पनि सुटिङका भिन्सेन हानकक, कोनर प्रिन्स र डानिया भिजालाई अमेरिकाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्न सक्ने खेलाडीको रूपमा सूचीकृत गरेको थियो । त्यसअनुसार अमेरिकी प्रदर्शन रहन भने सकेन ।

टोकियो ओलम्पिकमा हेर्न लायक खेलाडीको रूपमा सूचीकृत गरिएकी भारतीय सुटर मानु भाकरले कमजोर प्रदर्शन गरेकी थिइन् । उनी यसपटक पनि स्वर्ण पदकको दाबेदारको रूपमा ओलम्पिकमा सहभागिता जनाए पनि कास्य पदकमा सीमित भइन् । सम्भवतः यस ओलम्पिकमा दक्षिण एसियाकै सबैभन्दा हेर्नलायक र प्रतीक्षा गरेर बसेको खेलाडीमा चोपरा मात्र बाँकी छन् ।

सन् १९८४ मा अन्तिमपटक ओलम्पिक खेलकुद बहिष्कार भएको थियो । सन् १९८० को मस्को ओलम्पिक अमेरिकालगायत देशले बहिष्कार गरेका थिए भने सन् १९८४ को ओलम्पिक खेलकुद सोभियत संघ लगायतले बहिष्कार गरेका थिए । सन् १९८८ को सियोल ओलम्पिक तथा सन् १९९२ को बार्सिलोना ओलम्पिकमा सोभियत संघले पहिलो स्थान पाएको थियो । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा चीन पहिलो भएको थियो । यी बाहेक अन्य ओलम्पिकमा अमेरिका पहिलो भएको छ ।

अर्थतन्त्रमा, शासनमा, विज्ञानमा र प्रविधिमा झैँ खेलकुदमा पनि अमेरिका नै सर्वोत्कृष्ट रहेको तथ्य विगतका धेरै ओलम्पिकले प्रमाणित गरेका छन् । सायद यसपटकको ओलम्पिकमा पनि अमेरिका उत्कृष्ट हुनेछ ।

यस ओलम्पिकमा केही स्टार फेरि छाए । विगतदेखि नै छाएका केली म्याककोन, केटी लेडेकी र टरी हस्क छाउँदा फ्रान्सका लियोन मार्चन्ड ४ स्वर्ण पदक जित्दै सफल पुरुष खेलाडी बन्ने पक्का भइसकेको छ ।

सिमोन वाइल्सले जिम्न्यास्टिकको टिम र अलराउन्डमा स्वर्ण पदक जितिसकेकी छन् । फेन्सिङको फाइलमा केइफर लीले एकल र टिममा स्वर्ण पदक जितेकी छन् ।

टेनिसमा अमेरिका कमजोर देखिएको छ भने सर्फिङमा साविक विजेता एलाउरे मुरे क्वार्टरफाइनलमा नै पराजित भइन् ।

पौडीका महिला मेड्लीमा अमेरिका स्वभाविक दाबेदार हो । मिश्रित मेड्ली र पुरुष मेड्लीमा फान झीको लय नै चीनका लागि लाभदायक हुन सक्छ । यी २ स्पर्धाको पदकले सायद तालिकाको शीर्ष स्थान पनि धेरै हदसम्म भर पर्न सक्छ । डाइभिङका बाँकी स्पर्दा, टेबल टेनिस र ब्याडमिन्टनका स्पर्धालाई अमेरिकी एथलेटिक्स टोलीले बराबरी गरे चिनले जित्ने भारोत्तलनको स्वर्ण पदकलाई अमेरिकाले जित्ने अनुमान गरिएको भारोत्तलनकै १ तथा बास्केटबल र अन्य टिम गेममा २ स्वर्ण पदक जिते त्यो बराबरी हुनेछ । अहिले २ स्वर्णले अघि रहेको चीनले जित्ने अन्य पदक तथा अमेरिकाले कुस्तीमा जित्न सक्ने पदकले धेरै कुराको तय गर्नेछ । जिम्न्यास्टिकको व्यक्तिगत पुरुष स्पर्धामा चीन र महिलामा अमेरिकाले बाँकी रहेका स्पर्धामा बराबरी पदककै सम्भावना हो ।

सायद थ्री बाइ थ्री बास्केटबलमा कमजोर भएको अमेरिकाका लागि विगतको जस्तै १ या २ स्वर्ण पदकको अन्तरमा पहिलो भए पनि त्यो ठूलो सफलता ठहर हुनेछ । एउटा के कुरा पक्का भएको छ ग्रेसनोट र अन्य धेरै सर्वेक्षणले भने जस्तै यी दुवै देश फ्रान्स र बेलायतलाई धेरै अन्तरले पछि छाड्न भने असमर्थ हुने देखिन्छ ।

प्रतिक्रिया