गायनमा जमेकी दीपा

सुर्खेत । बालापनदेखि नै गीत गाउन रुचि थियो । दीपालाई घरमा होस् या गाईबस्तु लिएर जंगल जाँदा होस् । जतिबेला पनि गीत गाउने बानी थियो । आज त्यहि बानीले एक हजार गीतमा स्वर भरेकी छन् । गायन क्षेत्रमा पहिचान बढाएकी छन् । सुदूरपश्चिमदेखि सांगीतिक यात्रा गर्न सजिलो थिएन दीपालाई । सानैदेखि गीतसंगीतमा रुची भए पनि उनलाई परिवारको साथ थिएन । गाउँमा कतै सांस्कृतिक कार्यक्रम भएको बेला उनी लुकीलुकी त्यहाँ पुगेर सिको गर्थिन् । सुदूरपश्चिमको दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा जन्मिएकी उनी घरबाट भागेरै गीतसंगीतमा लागेको सुनाउँछिन् । त्यतिबेला गाउँघरमा खासै कलाकारिता क्षेत्रमा लाग्ने मान्छे थिएनन् । क्याएट, एल्बमबाट टेप, रेडियो र डिजेमार्फत गीतसंगीत सुन्थे । बालापनदेखि नै गीतसंगीतमा लाग्ने हुटहुटी भएकी रोकायले २०६० सालबाट औपचारिक रूपमा उनले कलाकारितामा प्रवेश गरिन् ।

उनी उठ्दा, सुत्दा, पढ्दा होस् या अन्य काम गर्दा । जतिबेला पनि गीत गाउने बानी थियो । कलाकारितामा प्रवेशपछि उनले पहिलोपटक ‘व्यान्तारो आगयो’ देउडा गीतको एल्बम निकालिन् । २०६० सालमै निकालेको त्यो गीतले सुदूरपश्चिममा श्रोताको राम्रै मन जित्न सफल भयो । त्यसपछि उनी संगीत क्षेत्रमै कडा मिहिनेत र लगातारको परिश्रमले आफ्नो करियर बनाउन सफल भएकी छन् । केही वर्ष सुदूरपश्चिममै बसेर गीत गाए पनि पछि उनी काठमाडौँबाटै गीत रेकर्ड गर्न थालिन् । घरबाट भागेर कलाकारितामा लागेकी दीपा अहिले चर्चित गायिकाको रूपमा प्रस्तुत भएकी छन् । २१ वर्षदेखि कलाकारितामै रमाएकी रोकायले एक हजार बढी गीतमा आवाज भरेकी छन् । देउडा र लोकगीतमा जमेकी दीपाले थुप्रै सम्मान र अवार्डसमेत पाइसकेकी छन् ।

उनी भन्छिन्, ‘पहिलोपटक गीत रेकर्ड गराउन स्टुडियोमा छिर्दा बेस्सरी रोएँ । गाउन मन थियो तर कसरी गीत गाउने ? म्युजिकसँग तालमेल कसरी गर्ने भनेर डर लागेपछि रोएको थिएँ । त्यो बेलामा न आजभोलिको जस्तो मोबाइल थियो । न त म्युजिक भिडियोहरू ? एल्बम निकालेको त्यो पहिलोपटक आज पनि स्मरणमा छ । निरन्तर गीतमा मिहिनेत गरे सफल आफैँ हुने उनी बताउँछिन् । अहिले उनी देश तथा विदेशमा गायनबाट नाम र दाम दुवै कमाएकी छन् ।

दीपा मोफसलदेखि राजधानीसम्ममा गायनमा जमेकी छिन् । दुई दशक कलाकारितामा बिताएकी दीपा आफ्नो संस्कृति र सभ्यतालाई गीतसंगीतमार्फत जोगाउनुपर्नेमा जोड दिन्छिन् । उनी भन्छिन, घरबाट सुटुक्क गायनमा लागेर केही थोरै पहिचान बनाएँ । मैले यो स्थानसम्म पुग्न निकै संघर्ष गरेको छु । अझै पनी संघर्षरत छु ।

उनी लोकगीतमा पनि उत्तिकै सक्रिय छिन् । ‘बारुली कम्मर’, ‘लेकाली चोयाको डोको’ लगायतका दर्जनौँ गीत चर्चामा छन् । २०६० सालमै गायिका बन्ने सपना बोकेर राजधानी छिरेकी दीपालाई एक हजार गीतमा आवाज भर्दा पनि अहिले बल्ल सपना पूरा भएजस्तो लाग्छ । लामो संघर्ष र कडा मिहिनेतले आफू संगीत क्षेत्रमा खुसीका साथ लागिरहेको बताउँछिन् । आफूले सधँै दर्शक स्रोताको चाहनाअनुसारकै गीतसंगीत पस्कने उनले बताउँछिन् अहिले उनलाई गाउँका विभिन्न कार्यक्रमहरू र सांगीतिक कार्यक्रमका क्रममा विश्वका कैयौँ देशमा आफ्नो प्रस्तुति दिइसकेकी छन् ।


कलाकारिता क्षेत्रमा निरन्तर टिक्नसके दाम र नाम दुबै हुने उनको दाबी छ । सुरुमा गीत गाउँदा डरले रोएकी अहिले यही कलाकारितामा एकक्षेत्र राज गरिरहेकी छन् । एल्बमदेखि म्युजिक भिडियोसम्म आउँदा उनले आवाज दिएका लोकदोहोरी गीतहरूमा चर्चित मोडलहरूले समेत अभिनय गरेका छन् । दार्चुलामा हुँदा गीत गाउने रहर बोके पनि दीपाको सांगीतिक यात्रा भने काठमाडौँबाटै सुरु भयो । पछि एक दशक उनी काठमाडौँमै रहेर गीतसंगितमा लागिरहेकी छन् । कलाकारितामा खारिएकी उनी विगत २१ वर्षदेखि सक्रिय छन् । सुरिलो स्वरकी धनी दीपाका एल्बम होस् या म्युजिक भिडियो दर्शक स्रोताको मन जितिहाल्छन् । मिठो स्वर भर्न सिपालु रोकायले ‘साली भिना’, ‘मेरो प्यारो डडेलधुरा’ गीतबाट अवार्ड पनि प्राप्त गरेकी छन् ।

पहिलोपटक गीत गाउँदा स्टुडियोमै डरले रोएकी रोकायालाई सांगीतिक क्षेत्रमा स्थापित हुने विश्वास नै थिएन । तर, काम प्रतिको लगाव र मिहिनेतले आफैँ काम सिकाउने उनी बताउँछिन, दीपाले भनिन् । जुन बेला भिडियोको जमाना नै थिएन । अडियोमा गीत बजारमा चल्थ्यो र मेरो घरबाट पनि पहिले साथसपोर्ट गर्नुपर्छ भन्ने थाहा थिएन । मैले घरमा नसोधी सुटुक्क यो गायन क्षेत्रमा प्रवेश गरेको थिएँ । अहिले त घरबाट पनि साथ पाएकी छु । जसोतसो अहिलेसम्म यो क्षेत्रमा नै दुःखसुख गरिरहेकी छु । हरेक किसिमको र हरेक प्रकारको गीतमा आवाज दिँदै आएकी रोकायलाई पहिलो एल्बमबाटै सफलता भएको मानिन्छ । दुई दशकदेखि गाउन थालेकी दीपा गायन क्षेत्रका अनेकौँ समस्यासँग जुधेरै बल्ल संगीतलाई बुझ्न थालेको सुनाउँछिन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया