काठमाडौँ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ थरी ८ जना मन्त्री नियुक्त गरेका थिए । उनीहरू कसैको पनि जिम्मेवारी तोकिएको थिएन । शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
जस अनुसार, आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरीले जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री आचार्यले आफैँसँग राखेका छन् ।
प्रतिक्रिया