जीर्ण वीरगञ्ज चिनी कारखाना


२२ वर्षदेखि बन्द भएर जीर्ण अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना । चिनी कारखाना सञ्चालन हुँदा निर्माण भएका गोदाम तथा घरहरु अहिले जीर्ण भएर भत्किने अवस्थामा पुगेको छ भने उक्त कारखानाभित्रको उपकरण पनि नियमित मर्मत सम्भार नहुँदा खियाले नचल्ने अवस्थामा पुगेको छ । सो कारखाना तत्कालीन सोभियत सङ्घ सरकारको आर्थिक र प्राविधिक सहयोगमा विसं २०२१ देखि सञ्चालनमा आएको थियो । तस्वीर : हिमाल लम्साल / रासस

प्रतिक्रिया