काठमाडौं । आइसीसी महिला एसिया कप टी २० प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पनि सहभागी भएको उक्त महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो ।
टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको ठूलो स्कोर खडा गरेर श्रीलंकालाई जितका लागि १६६ रनको लक्ष्य दिएको थियो । पहिला ब्याटिङ गरेकी भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् ।
श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।
चौथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले आठ बल बाँकी छँदै लक्ष्य हासिल गरेको हो । शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।
पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि शमराविक्रमाले ५१ बलमा नटआउट रहँदै ६ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाइन् ।
यस्तै कप्तान चमारीले ४३ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट पारी खेलिन् । कभिसा दिलहारीले १६ बलमा १ चौका र छक्का प्रहार गर्दै नटआउट ३० रन बनाइन् भने ओपनर भीस्मी गुनाराथे १ रनमै रनआउट भएकी थिइन् ।
भारतका लागि दीप्ती शर्माले एक विकेट लिइन् । अन्य बलर श्रीलंकाली ब्याटरमाथि हावी हुन सकेनन् । त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।
भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रन बनाइन् । उनले १० चौका प्रहार गरिन् । यस्तै रिचा घोषले ३०, जेमीमाह रोड्रिजले २९, सेफाली वर्माले १६ र हरमनप्रीत कौरले ११ तथा उमा क्षेत्रीले ९ रन बनाउँदा पूजा भष्त्रकरले ५ र राधा यादवले १ रन जोडिन् । श्रीलंकाका तर्फबाट कभिसा दिलहारीले २, उदिक्षा प्रबोधनी, सचीनी निसासला र चमारी अथपथ्थुले एक–एक विकेट लिए ।
प्रतिक्रिया