काठमाडौँ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा राम्रो व्यपार गरेको छ । यस फिल्मले २ सातामा ४ करोड ६३ लाख कमाइ गरेको हो ।
निर्माण टिमले फिल्मको ग्रस कलेक्सन सार्वजनिक गर्दै जानकारी गराएको छ। आजबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ ।
अनिल बुढा मगर डेब्यु निर्देशित फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय छ ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् ।
पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्मको वितरक रोहित कट्टेल हुन् ।
प्रतिक्रिया