काठमाडौं । माग पूरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरूले पुनः आन्दोलन सुरु गरेका छन् । सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन सुरु गरेका हुन् ।
विद्यार्थीहरूले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।
गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको छ । अदालतको फैसलापछि विद्यार्थी संगठनले सरकारलाई अन्य माग पूरा गर्न अल्टिमेटम दिएका थिए । बंगलादेशमा आन्दोलनका क्रममा १५० को मृत्यु भएको छ भने १ हजार बढी घाइते भएका छन् ।
प्रतिक्रिया