बागमतीमा एमालेले टुंग्यायाे मन्त्री बन्ने ६ जनाकाे नाम

कमाठमाडाैँ । नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो ।

जसमा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन् ।

एमालेले यो पटक सहभागी ६ जनामध्ये प्रकाश श्रेष्ठ बाहेक ५ जना नयाँ अनुहार रहेका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्दैछन् ।

प्रतिक्रिया