काठमाडौँ । गायक तथा सर्जक राजेन्द्रकुमार कार्कीसहितको समूहले ‘दमौलीमा गेट’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरेका छन् । गायक तथा सर्जक चन्द्र शर्मासहित चर्चित गायक अमृत खाती एवं प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरू सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले ६० को दशकको लोकगीतको याद दिलाउने ‘दमौलीमा गेट’ बोलको गीतलाई संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।
सुस्मा शाही ठकुरी अफिसियल युटुब च्यानलमार्फत् सार्वजनिक भएको सो गीतको अडियोतर्फ लय राजेन्द्रकुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्रकुमार कार्कीको रहेको छ ।
सो गीतमा राजेन्द्रकुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतमा मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृंगार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको छ । ६० को दशकतिर निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँपन, रोमाञ्चक शब्द र सरल संगीतको सम्मिश्रण छ ।
प्रतिक्रिया