सशस्त्र प्रहरीद्वारा १०७ कार्टुन मदिरा बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा इलाकाबाट १०७ कार्टुन मदिरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्रान्डको (मदिरा) सहित ओसारपसारमा संलग्न २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने २६ वर्षीय नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने २४ वर्षीय रोहित मुखिया रहेका छन् ।

उनीहरूलाई बरामद मदिरासहित थप कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

प्रतिक्रिया