२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई नगरपालिकाको २० हजार सहयोग

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगर सभामा बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

बालविवाहविरुद्धको साझा अभियान बोदे बर्साईन नगरपालिकामा सञ्चालन रहेको र नगरलाई बालविवाह न्यूनीकरणका लागि नगरपालिकाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए ।

‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा नगरपालिकाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई २० हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिला समेतलाई सहयोग गर्ने बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।’

विशेष गरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरुपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख रेनु कुमारी साहले बताए ।

प्रतिक्रिया