रौतहट । रौतहटको गौर नगरपालिका– २ बाट हतियारसहित एक जना भारतीय युवक पक्राउ परेका छन् ।
नगरपालिका– २ महादेवपट्टीमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल सुरक्षा बेस कैम्प गौर भन्सारको टोलीले नम्बर प्लेट नभएको मोटरसाइकलबाट नेपाल आउँदै गरेको अवस्थामा हतियारसहित भारतको बैरगनिया अशोगी निवासी २१ वर्षीय राहुल रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सवारीसाधन चेकजाँच गर्ने क्रममा टूल बक्समा लुकाई राखेको हतियारसहित भारतका २१ वर्षीय राहुल राम पक्राउ परेको सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । हतियारसहित पक्राउ परेका रामलाई आवस्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
रौतहट
प्रतिक्रिया