रौतहटमा प्रहरीद्वारा ठूलो परिमाणमा सुपारी बरामद

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– १ पौराईस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । झापाबाट नेपालगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्बरको बसलाई रोकर चेकजाँच गर्ने क्रममा १ हजार किलो (१० क्विन्टल) सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

नियमित चेकजाँच गर्ने क्रममा बस रोकर चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा राखिएको ३३ बोरा सुपारी कसको हो भने सोधपूछ गर्दा कसैले दाबी गर्न नसक्दा उक्त परिमाणको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरी चौकी पौराईबाट खटिगएको टोलीले बरामद गरेको ८ लाख ५० हजार मूल्य बराबरको १० क्विन्टल सुपारी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया