वीरगन्ज । ज्येष्ठ नागरिक तथा सरोकार समूहबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज स्थित पुजन होटलमा ज्येष्ठ नागरिक महासङ्घ मधेश प्रदेशको आयोजनामा ज्येष्ठ नागरिक तथा सरोकार समूहबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक तथा सरोकार समूहबीच अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशकै आठ वटै जिल्लाका ज्येष्ठ नागरिक महासङ्घका अध्यक्षले आ– आफनो जिल्लाका गतिविधि बारे अवधारणाको क्रममा बृद्ध छु भन्दै महसुस नहोसको मध्य नजर गर्दै असाढ १५ गते धान रोपाइ दिवस, खिर खाने दिन,दशै तथा शुभ दिपावली,छठ पर्बको शुभकामना आदान प्रदान गर्दै आएको बताएका ।साथै नगरपालिका,पालिकाहरुले ज्येष्ठ नागरिक लाइ अहिले पनि कुनै किसिमको सहयोग नगरेको आ– आफवो धारणा राखेका थिए ।
मधेस प्रदेश सरकार सँग ज्येष्ठ नागरिकको कानुन बनाउनको निम्ति कति चोटि डेलिगेसन लिएर जादा पनी अहिले सम्म प्रदेश सरकारले केहि नगरेको बताएका थिए। त्यसतै समाज कल्याण मन्त्रालयले पनि ज्येष्ठ नागरिकको लागि खासै कुनै किसिमको योजना नलयाएको बताएका थिए। साथै समाज कल्याण परिषदले पनी ज्येष्ठ नागरिकको लागि कुनै पनि प्याकेज नलयाएको र ज्येष्ठ नागरिकको सहुलियत नभएको दुखेसो पोखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका सांसद शंकर चौधरीले आठ वटै जिल्लाको अध्यक्षहरूको कुरासुनेर कार्यक्रम लाइ सम्बोधन गर्दै भने तपाईहरुको आवाज लाइ मधेश प्रदेश संसदिय बैठकमा आवाज उठाउने छौ र सकेसम सहयोग गर्नेछौ भन्दै तपाईहरु कसरि सुखि सम्पन्न हुनुहुन्छ त्यस तर्फ लागन आग्रह प्रदेश सांसद चौधरीले आग्रह गर्नु भएको थियो ।
उक्त कार्यक्रम ज्येष्ठ नागरिक महासङ्घका मधेश प्रदेश अध्यक्ष जगदीश शर्माको अध्यक्षता तथा मधेश प्रदेश सांसद शंकर चौधरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेजामुदिन समानी,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल पत्रकार महासंघ पर्साका पुर्ब अध्यक्ष सत्रुधन नेपाल वीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष माधवराज पाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य श्याम पोखरेलले गर्नु भएको थियी भने कार्यक्रमको सहजीकरण विजयराज गौतमले गरेका थिए।
प्रतिक्रिया