काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले गोली आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
संसद भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।
प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया