वीरगन्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जले पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औँ शुभजन्मोत्सवको उपलक्ष्यमा साताव्यापी कार्यक्रम गर्ने भएको छ ।
नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बसेको बैठकमा पर्साका पूर्व जिल्ला सभापति शम्भुप्रसाद चौरसिया, उमाशंकरप्रसाद कलवार, पृथ्वी झा, वीरेन्द्र थापा, वीरेन्द्र साह तेली, परमेश्वर साह कानु, अनु राणा, पवनप्रसाद साह, शम्भु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बैठकले शाहको ७८औँ शुभजन्मोत्सवको उपलक्ष्यमा असार १९ गते दीपावली गरिने, २० गते गहवा माई मन्दिरमा होमजप तथा दीपावली गरिने, असार २१ गते साँझ घण्टाघरमा दीपावली गरिने, असार २२ गते शुभकामना र्याली गरी नगर परिक्रमा गरिने, असार २४ गते पोखरिया शिवमन्दिरमा दीपावली गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया