कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण

वीरगन्ज । नेपाली कांग्रेस पर्साको प्रशिक्षक शाखाद्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको शनिबार आयोजना गरेको छ । नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी रहेका संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले नेपाली कांग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्तवपूर्ण भुमिका खेलेको बताए । कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने प्रशिक्षण कार्यक्रमको आवस्यकता रहेको उनले बताए ।

त्यस्तै नेपाली कांग्रेस पर्साका उप–सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्तो प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए । पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रम आयोजना गर्ने जरुरी रहेको उनले बताए ।

यस्तै विशिष्ट अतिथि रहेका नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन क्षेत्रीले नेपाली कांग्रेस पर्साका सम्पूर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए । नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने उनले बताए ।

प्रतिक्रिया