जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले राजनीति अपराधीकरणतर्फ अग्रसर भएको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री कहिले कांग्रेस कहिले एमालेलाई बाध्य पारेर गरिररहेको सत्ता आरोहण कुर्सीका लागि मात्र भएको बताउदै त्यस्ले राजनीति पराधिकरण तर्फ गइरहेको र दोषि राजनीतिज्ञ नै रहेको बताए ।
राजनीतिक स्थिरता बिना सु्शासन हुन नसक्ने र सुशासन नभए आर्थिक विकास हुन नसक्ने उनले बताए । देशमा रहेको सात प्रदेश र एक संघीय गरि कुल आठ सरकार डेढ वर्षमा २३ पटक फेरिएको बिडम्वना पूर्ण स्थिती रहेको बताउदै उनले जति सुकै बजेट ल्याइए पनि राजनीतिक स्थिरता बिना आर्थिक विकास र स्मृद्वि असम्भव रहेको दावी गरे ।
सो अवसरमा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कुमार कर्णलाई डा. कोइरालाले अविर र माला लगाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया