प्रचण्डले सत्ताका लागि एमालेसँग साँठगाँठ गरे : निधि

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले मन्त्री मण्डल पुर्नगठनमा आफ्नो अनुकुल नभएपछि सत्ताका लागि प्रधानमन्त्री प्रचण्ड एमालेको कित्तामा भागेको आरोप लगाएका छन् ।

जनकपुरधाममा नेपाली कांग्रेसको प्रशिक्षण शाखाले आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निधीले कांग्रेससंगको सरकारको एक वर्ष पछि प्रधानमन्त्रीले मन्त्री मण्डल पुर्नगठन गर्न चाँहदा कांग्रेसले नमानेपछि सत्ता गठबन्धन टुटेको बताएका छन् । सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेको भए पनि अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस जनताको हितका लागि एक सरकार सरहनै काम गरेर जनताको सहानुभुतिका लागि अग्रसर हुनपर्ने बताए ।

डा. डिला संग्रौलासहित केन्द्रिय नेताहरुले दिएको प्रशिक्षण कार्यक्रमको समापनमा नेता डा. शेखर कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतिक्रिया