जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले घर फिर्ता अभियान ल्याएर विभिन्न दलतर्फ लागेकाहरूलाई पनि फर्काइने बताएका छन् ।
पार्टीका कामले जनकपुरधाम पुगेका उनले विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै पार्टीको प्रतिको आकर्षण बढाउन अग्रसरता देखाउनुपर्ने उनको तर्क थियो । उनले शुक्रबार नै नेपाली कांग्रेसको जनकपुरधाम पिडरिया माईस्थानस्थित पार्टी कार्यालयमा कार्यक्रताहरूसँग भेटघाट गरेका छन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागिताका लागि जनकपुरधाम पुगेका नेता कोइरालालाई जनकपुरधाम विमानस्थलमा धनुषाका नेता कार्यक्रताले भव्य स्वागत गरेका थिए ।
मोटरसाइकल र ४ पांग्रे सवारी साधनको लस्करसहित सैयौँको संख्यामा नेता कार्यक्रताहरू उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
प्रतिक्रिया