अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागुऔषध तथा अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शितगंगा नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिति एवं नगरप्रमुख छबिलाल पौडेलले सिगो समाज परिवारलाई लागु औषधले निकै प्रभावित बनाएको भन्दै साथी संगतको कारण कुलतमा फस्ने गरेकोले सबै सचेत हुनुपर्ने बताए । कुलतमा लाग्नेका लागि सचेत नागरिकले नियन्त्रण गर्नुपर्ने आगामी दिनमा नगरले लागु औषध नियन्त्रणलाई सुन्य बनाउनका लागि विशेष कार्यक्रमका साथ अगाडी बढ्ने समेत उनले बताए ।
कार्यक्रमका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले सहजीकरण गर्दै यस्ता समस्या सामाजिक तथा पारिवारीक मुख्य कारण रहेको भन्दै लागु औषधको परिचय, औषधका प्रकार÷ कारण, निषेध तथा नियन्त्रण, लागुऔषधका स्रोत, अवस्था चुनौती, लगायतका बिषयमा सहजीकरण गर्दै सबै सरोकारवालाले लागु औषध नियन्त्रणका लागि लाग्नु पर्ने बताए ।
जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका सहायक जिल्ला न्यायाधिवक्ता तिलकराम लम्सालले लागुऔषध यसको दुस्सप्रभाव र रोकथामका उपाएका सबालमा सहजीकरण गर्दै अर्थ, प्रकार दुव्र्यशनी र कारणसगै सजायका विभिन्न प्रकार एवं लागु औषध नियन्त्रण ऐन २०३३ को बारेमा जानकारी दिए ।
कार्यक्रमा इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख रबिन्द्र चन्दले अपराधी असरहरु सेबन, डरधम्की, धाक बेचबिखन हत्या, अपरण जस्ता अपराधीक कारण हुने बताए । प्रहरी निरीक्षक चन्दले समाजमा हुने सबै खाले अपराध जन्य गतिविधि सबै मिलि न्यूनीकरण गर्नुपर्ने समेत बताए ।
अर्घाखाँची
प्रतिक्रिया