धनुषा । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य हदिश खुद्दारलाई समाचार संकलन गरिरहेको समय धनुषा प्रहरीले गरेको धरपकडको पत्रकारसंग आवद्ध विभिन्न संघ संस्थाले विरोध गरेको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि भइरहेको प्रदर्शनको समाचार संकलनका लागि पुगेका खुद्दारलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको थिए ।
खुद्दारले आफू पत्रकार रहेको जानकारी गराउँदा गराउँदै पनि प्रहरी निरीक्षक नवराज खड्काको निर्देशनमा प्रहरी जवान रूपेशकुमार यादवसहितले समातेर जिल्ला प्रहरी कार्यालय पुर्याएका थिए । तर, पछि प्रहरी निरीक्षक रामविनय सिंहले खुद्दारलाई छोड्न लगाएका थिए ।
घटनापछि पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्णसहितको टोलीले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारको टोलीले खुद्दारमाथि धरपकड गर्नेलाई कारबाहीको माग गरेका छन् ।
पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा, प्रेस मंच धनुषा, आर्थिक पत्रकार संघ, नेपाल प्रेस युनियन धनुषा, प्रेस चौतारी धनुषा लगायतका संस्थाले दोषीमाथि कारवाहीको माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रन्जन अवाले पनि तीन दिनभित्र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२० मा पाँच दिनअघि खुकरी प्रहार भएपछि पीडितले प्रहरीमा जाहेरी दिए पनि जाहेरी दर्ता गर्न प्रहरी मानेको थिएन । त्यही बिषयलाई लिएर भएर पीडित पक्ष बिहीबार प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनको फोटो खिच्ने क्रममा दिउँसो करिब सवा १२ बजे प्रहरी इन्सपेक्टर नवराज खड्काले खुद्दारको मोबाइल खोस्न लगाएका थिए । प्रहरीले मोबाल खोस्न खोज्दा खुद्दारले आफू पत्रकार रहेको जानकारी गराएदा पनि प्रहरीले त्यसको सुनवाइ गरेको थिए ।
प्रहरी निरीक्षक रामविनय सिंहले मोबाइल फिर्ता गर्न लगाएपछि खुद्दार पीडितसँग कुराकानी गरिरहेका थिए । त्यही वेला प्रहरीले पीडित माथि लाठी चार्ज गरेपछि खुद्दारले भिडियो खिच्न खोजेका थिए ।
प्रहरीले मोबाइल खोसेर उनलाई नजिकै रहेको प्रहरी कार्यालय पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय लगेपछि प्रहरी निरीक्षक खड्काले खुद्दारलाई थुन्न आफूमातहतका प्रहरीलाई निर्देशन समेत दिएका थिए ।
प्रतिक्रिया