लालबन्दीबाट प्रहरीले १६ क्विन्टल गाँजा बरामद गर्यो

सर्लाही । सर्लाही प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार राति लालबन्दी नगरपालिका १४ लंगुर डाँडा भन्ने ठाउँबाट प्रहरीले १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो ।

लालबन्दीका उत्तरी भेगमा लागुऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा त्यस क्षेत्रमा पुगेको प्रहरीले एउटै स्थानमा रहेका २ ओटा घरबाट सो परिमाणको गाँजा बरामद गरेको हो ।

सुराकी पाएपछि मधेस प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्युरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल नेपालको नम्बर १० गण सर्लाहीको संयुक्त टोली गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घर धनिको पहिचान नभए पनि घरभित्र, बाहिर, शौचालयमा टिनको ड्रम, प्लाष्टिकका बोरा, पानी राख्ने प्लाष्टिकका ५०० लिटरको ड्रममा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले सो स्थानबाट गाँजा च्याप्न प्रयोग हुने मेसिन, प्लाष्टिकका डोरी, प्लाष्टिक लगाएतका समानसमेत बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया