काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । निर्देशक थापालाई सोमबार मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको जनाएको छ ।
चलचित्र ‘प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
थापा प्रसाद २ का निर्देशक पनि हुन् । आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया