रौतहटको गाढिमाई ८ का वडाध्यक्षको यादवको निधन

रौतहट । रौतहट जिल्लाको गढ़िमाई नगरपालिका ८ का वडाध्यक्ष रामआज्ञा यादवको निधन भएको छ । ५५ वर्षीय यादवको उपचारको क्रममा शनिबार राति क्यान्सर अस्पताल भरतपुरमा निधन भएको हाे । यादवको आइतवार बिहान ३ बजेर ४५ मिनेटमा निधन भएको हो ।

लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर भएको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो।

यादव जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवार बनेर चुनाव जितेका थिए ।

वडाध्यक्ष यादवको आकास्मिक निधनले पार्टीलाइ ठूलो क्षति भएको जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बताएको छ ।

जिल्ला अध्यक्ष श्याम बिहारी यादवले शोक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष यादवको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै मधेश प्रदेश सरकारका पूर्व कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले वडाध्यक्ष यादवको निधनले पार्टीले एउटा इमान्दार सिपाही गुमाएको दुख व्यक्त गरेका छन् ।

गढिमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले क्यान्सर रोगबाट ग्रसित भई उपचारको क्रममा वडाध्यक्ष यादवको निधन भएको सुनेर दुखि भएको बताए । नगर कार्यपालिका सदस्य समेत रहेका यादवको शोकमा १ दिन कार्यालय विदा दिने उनले बताए ।

मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्त्येष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया