जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
हंसपुर नगरपालिकाको वडा नं. १ स्थित रहेको भगवानपट्टीको पोखरी ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चारजनामाथि ८ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
जेठ १६ गते विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा तत्काली प्रशासकीय अधिकृत अधिकारीलाई सफाई को फैसला सुनाएको हो । अन्य तीनजनालाई दोषी ठहर गरेको हो ।
‘भ्रष्टाचार (हानिनोक्सानी) गरेको भन्ने मुद्दामा प्रतिवादी तपाईँ केशवकुमार अधिकारी समेत भएको मुद्दामा फैसलाको जानकारी पाउँ भनी आज यस अदालतमा निवेदन दिनु भएकोमा उक्त मुद्दा मिति २०८१÷०२÷१६ मा इजलाश समक्ष पेश हुँदा तपाइँले आरोपित कसूरबाट सफाई पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको बेहोरा जानकारी गराइन्छ’, उनलाई विशेष अदालतका इजलास अधिकृत प्रकाशनारायण श्रेष्ठले उपलब्ध गराएको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया