आदर्श सामुदायिक विद्यालयका बालबालिकालाई प्रेस सेन्टरको खाद्यान्न सामग्री

पाँचथर । जिल्लाको फिदिम नगरपालिका दुई ओदिनस्थित आदर्श सामुदायिक विद्यालयका आवासिय बालबालिकाहरुलाई पाँचथर प्रेस सेन्टर शाखाले खाद्यान्न सामग्री वितरण गरेको छ ।

सामग्री वितरण समारोह जनपक्षिय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२औँ स्मृतिमा खाद्यान्न सामग्री वितरण गरिएको सेन्टरका केन्द्रिय सदस्य विजय बोध लावतीले जानकारी दिए । बालबालिकालाई लावती र विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी तुम्वापोले हस्तान्तरण गरेको केन्द्रिय सदस्य लावतीले जानकारी दिए ।

उक्त विद्यालयलाई थप व्यवस्थित गर्नका लागि छलफल गरिएको थियो । सो कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रबहादुर आङबो, नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष दिननाथ अधिकारी र स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया