गुणस्तरीय र भरपर्दो सेवा दिँदै काव्या अस्पताल

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलोपटक न्युरो सर्जरी सेवाको सुरुआत गरेको काव्या अस्पताल जनकपुरधाम र यस वरपरको क्षेत्रमा गुणस्तरीय र भरपर्दो स्वास्थ सेवाको पर्यायको रूपमा परिचित छ । न्युरो सर्जरी सेवाको बारेमा काव्या अस्पताल प्रालि न्युरो सर्जरीमा उत्कृष्ट रहेको दाबी अस्पतालको रहेको छ । मधेस प्रदेशमा वीरगन्जपश्चात् जनकपुरधाममा न्युरो सर्जरी सेवा सुरुआत गर्ने काव्या दोस्रो अस्पताल हो ।

काव्या अस्पतालका अध्यक्ष डाक्टर एसके सिंहले भने, ‘काव्या अस्पतालले भरपर्दो र गुणस्तरीय स्वास्थ सेवालाई थप विस्तारित, व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको विदितै छ । यसले जनकपुरधाम र यस क्षेत्रमा नयाँ उचाइ र आयाम थपेको छ ।’
यो सँगै काव्या अस्पतालमा ल्याप्रोस्कोपी, गाइनोकोलोजिस्ट (एमबिबिएस, एमएस) डा.राजन साहले शुक्रबार र शनिबार ३ महिला बिरामीको पाठेघरसम्बन्धी दुर्लभ शल्यक्रिया दुरबिनको माध्यमले कुशलतापूर्वक सम्पन्न गरिएको डाक्टर सिंहले जानकारी दिए । संघीय राजधानी काठमाडौँको चिकित्सा क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाएका साह आफ्नो ज्ञान, सीप, अनुभव र दक्षतामा अब्बल मानिन्छन् ।

सामान्यतया दुरबिन प्रयोग गरेर पनि ४ वटा प्वाल पारेर गरिने पाठेघरको शल्यक्रिया ३ वटा मात्र प्वाल पारेर सफल गरिएको र तीनै जना महिलाहरूको स्वास्थ अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएका छन् ।

पाठेघर र महिलाका जटिल स्वास्थ समस्यासम्बन्धस् अन्य शल्यक्रियाहरू समेत अस्पतालमा निरन्तर रहने डाक्टर सिंहले जानकारी दिए । यो सँगै अस्पतालले जनकपुरधाम क्षेत्रका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको जानकारी दिँदै, काव्या अस्पताल महँगो रहेको कुरालाई अस्वीकार गर्दै सहज र सर्वसुलभ स्वास्थ सेवा उपलब्ध गराउने आफूहरूको ध्येय रहेको जनाएको छ ।

प्रतिक्रिया