रौतहट । गौर नगरपालिका ५ बाट प्रहरीले अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको मोटरसाइकलको स्पेयर्ससहितका समान बारामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटी गएको गस्ती टोलीले सवारी साधन तथा पैदल यात्रुलाइ चेक जाच गरी रहेको अवस्थामा भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको १ लाख ७० हजार २६१ रुपैया मुल्य बरावरको मोटर साइकलका स्पेयर्स पार्टसहितको समान बारामद भएको प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् । बारामद गरिएको उक्त मुल्य बरावारको समान कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएकाे प्रहरीले जनाएको छ ।
रौतहट
प्रतिक्रिया