रौतहट । जिल्लाको राजदेवी नगरपालिका जिल्लाको १६ औ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा भएको छ । रौतहट जिल्ला पूर्ण खोप सुनिशिचतता घोषणा गर्ने अभियान अन्तर्गत शनिवार पूर्ण खोपको सम्पूर्ण मापदण्ड पूरा गरेको राजदेवी नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता नगर पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आत्थ्यि तथा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारीप्रसाद यादवको सभापतित्वमा आयोजित कार्यक्रममा १६ महिनादेख ५९ महिनासम्मको बाल बालिकालाइ पाउनु पर्ने खोप सुनिशिचता भए पछि नगरपालिकालाइ पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको हो ।
राजदेवी नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा सम्बोधन गर्दै समन्वय समितिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य मानबको लागि नभई नहुने आधारभुत आवश्यकता रहेको बताए । शिक्षा नभए जीवन अधुरो र स्वास्थ्य राम्रो नभए जीवन सकिने भएकोले दुवै अपरिहार्य भएकोले शिक्षा र स्वास्थ्यको सुधार गर्न जोड दिए ।
सो अवसरमा खान पिन पौष्टिक आहार युक्त नभएको कारण बिभिन्न रोगको शिकार हुने भएकोले स्वास्थ्य जीवनको लागि मसाहारी भोजन भन्दा साकाहारी भोजन गर्न उपयुक्त हुने सुझाव दिइएको थियो । अध्यक्ष यादवलÞे जन्म लिने बच्चाको स्वास्थ्यको ख्याल गर्दै समयमा खोप लगाउन नबिर्सन अपिल गर्दै गाउँ घरमा कुनै खोपको दिगो पनाका लागि खोपको निरन्तरता दिन स्वस्थ्यकर्मीलाइ निर्देशन समेत दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अनिल कर्णले १३ वटा रोग बिरुद्धको लागि १३ खोप अनिवार्य रहेको बताए । १८ स्थानीय तह मध्ये १६ पालिका पूर्ण खोप पालिकाको रुपमा घोषणा भई सकेको हुदाँ अब जिल्ला नै छिटै पूर्ण खोप घोषणा हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता घोषणा गर्ने अभियानमा दिन रात खटिने स्वास्थ्यकर्मी, महिला स्वयम सविकालाइ धन्यबाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारीलाइ निरन्तरता दिदै अघि बढन आग्रह गरे ।
नगर प्रमुख भिखारी यादवले पूर्ण खोप अभियानमा सक्रिय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी तथा महिला स्वयम सविकालाइ हात्तिपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियानलाइ सफल बनाउनलाइ आग्रह गरे ।
रौतहट
प्रतिक्रिया