जेकलिनको आइटम डान्स

Jacqueline-Fernandezमुम्बई : बलिउडमा अभिनेत्रीहरूमा आइटम गीत अभिनय गर्नेको होड चलेको छ । यो होडमा अभिनेत्री जेकलिन फर्नान्डिज पनि समावेश हुने भएकी छन् । रमेश तौरानीको चलचित्र ‘रमैया वस्ता मैया’मा एक गीतमा नृत्य गरेर उनी यो भिडमा समावेश भएकी हुन् ।
चलचित्रबाट रमेस तौरानीका छोरा गिरिश कुमार अभिनयमा डेब्यु गर्दै छन् । चलचित्रको जादु कस झप्पी दे दे तु अभि बोलको गीतमा जेकलिनले गिरिसको साथमा आइटम नृत्य गरेकी छन् । नृत्य निर्देशक प्रभु देवाले पनि यस गीतलाई विशेष तरिकाले प्रस्तुत गरेका छन् । ‘गीतमा जेकलिनले एकदम तारिफ योग्य काम गरेकी छन्’, रमेशले भने । गीतमा जेकलिनले लगाउने पहिरनको डिजाइन मनीष मलहोत्राले गरेका छन् । गिरीसका डिजाइन भने तौरानीकी छोरी जयाले गरेकी छन् ।
चलचित्रलाई प्रभुदेवले निर्देशन गरेका छन् । चलचित्रमा कमल हसनको छोरी श्रुति हसन, रणवीर कपुर, बिनोद खन्ना, सोनु सुद आदिको समेत अभिनय छ । जुन सातमा चलचित्र प्रदर्शन हुने भएको छ । (एजेन्सी)

प्रतिक्रिया