मिसन ८४ मार्फत एमालेलाई निर्णायक शक्तिमा पुर्याइन्छ : अध्यक्ष ओली

नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ, यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।’ यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुंगे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका छन् ।

उनले नै सुस्ता क्षेत्र समेतको निरीक्षण गरेका थिए । सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो, तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहका छौँ,’ उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षण समेत गरे ।– रासस

प्रतिक्रिया