सशस्त्र प्रहरी पर्साद्वारा पाँच लाख नगदसहित भारतीय नागरिक प्रक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले पाँच लाख नगदसहित एक भारतीय नागरिकलाई प्रक्राउ गर्नुका साथै भन्सार छलीका सामान बरामद गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका– १६ शंकर आचार्य गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारतीय नागरिक जिल्ला पुर्विचम्पारण, रक्सौल नगर पञ्चायत– ७ बस्ने वर्ष २४ का उमेशकुमार यादवको साथबाट नेपाली रकम रु पाँच लाखसहित उनलाई प्रक्राउ गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको ७ जनाको गाडी मोबाईल टोलीले भारतबाट अवैधरुपमा साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मूल्य रु २,५६,९९० बराबरको किराना सामान, लत्ताकपडा र फलफूल बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया