बारा । बाराको सिम्रौनगढमाबाट प्रकाशित तिरहुत सप्ताहिक पत्रिकाले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । ‘गाउँको आवाज देशको विकास’ भन्ने मुल नाराका साथा प्रकाशित उक्त सप्ताहिक पत्रिकाले शुक्रबार आफ्नो १२औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र १ का सभापति एवं सिम्रौनगढका निवर्तमान नगप्रमुख विजय शंकर यादवले बोल्दै देश संघीयतामा गए पनि यो देशमा संघीयताको मर्म अनुसार देश चलेको छ र ? भन्दै प्रश्न गरे । सिम्रोनगढ नगरपालिकाभित्रको बेतिथी जुन प्रकारका छ, त्यो बेतिथी अन्त्यका लागि कलम चलाइदिन सम्पूर्ण पत्रकार जगतसँग आग्रह गरेका थिए ।
पछिल्लो समयमा सिम्रौनगढनगरपालिकाको काम दुरुस्त तरिकाले सञ्चालन गर्न ठूलो आन्दोलन भएको र त्यसमा एक जनाको ज्यान जाने खालको वातावरण बनेता पनि आहिलेसम्म ज्यान गुमाएका परिवारले क्षतिपूर्ति समेत नपाएकाले उनले उचित क्षतिपूर्तिका लागि माग समेत गरे ।
राजनीति अस्थिर्ताले देश नै संकटमा पर्दा नेताहरूले चासो नदिनुका साथै भोलिको संकट टार्न नेताहरूले खेल्ने भूमिका नखेलेकाले उनले चिन्ता व्यक्त गरे ।
उक्त कार्यक्रममा सिम्रौनगढ नगरपालिका– १ वाडध्यक्ष अवदेश सहनी, बामपंथी नेता नागेन्द्र यादव, पत्रकार भोजराज भट्टराई, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, पत्रकार गणेश रिजाल, पत्रकार श्रद्धा पोखरेल लगायतकाले पत्रिकाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तिरहुत पत्रिकाका प्रकाशक अजित कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सम्पादक रामेश्वर मेहता तथा कार्यक्रम सञ्चालन पत्रकार सिकिन्द्र पसवानले गरेका थिए ।
बारा
प्रतिक्रिया